Categories हाइलाइट-समाचार

महोत्तरीबाट एकैसाथ पाँचजना किशोरी सम्पर्कविहीन

जनकपुरधाम । महोत्तरीबाट एकैसाथ पाँचजना किशोरी सम्पर्कविहीन भएका छन्। औरही नगरपालिका २ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रूवी सदा सम्पर्कबिहीन भएका हुन्।

मंगलबार दिउँसो साढे ११ बजेदेखि पाँचजना किशोरीहरू एकैसाथ हराइरहेको जानकारी आएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।

Advertisement

उनीहरू कामको सिलसिलामा भारततिर गएको हुनसक्ने प्रहरीको आशंका छ ।

Advertisement

‘उनीहरू विपन्न परिवारका हुन्। परिवारको दुःख देखेर भारततिर कामको सिलसिलामा गएको हुनसक्छ। हामी खोजी गर्दै छौं भेटिहाल्छन्,’ डिएसपी गिरीले भने ।

हराएकामध्ये एक किशोरीले हिजो आमालाई फोन गरेर हामी ठीक छौं नखोज्नूस भनेको कुरा आएकाले कामकै लागि यिनीहरू योजना बनाएर हिँडेको हुनसक्ने डिएसपी गिरीको अनुमान छ । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *