Categories समाचार

गत मंगलबारदेखि बेपत्ता भएकी पाँच जना किशोरी ढल्केवरमा फेला

Advertisement

वीरगन्ज । महोत्तरीबाट गत मंगलबारदेखि बेपत्ता भएका पाँच जना किशोरी आज केहीबेर अघि धनुषाको ढल्केवरमा फेला परेका छन् ।

बाहिर जान लागेको बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएको छ । अहिले उनीहरूलाई इलाका प्रहरी कार्यादय ढल्केवरमा राखिएको छ । अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।

Advertisement

गत मंगलबार बिहान ११ बजेदेखि महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रूवी सदा सम्पर्कबिहीन भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *