Categories समाचार

दिगो विकास कृषि सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न

Advertisement

वीरगन्ज । दिगो विकास कृषि सहकारी संस्था लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

बारा जिल्लाको फेटा गाउँपालिका वडा नम्बर १ भलुहि चोकमा संस्थाको कार्यालय रहेको दास मार्केटमा एक कार्यक्रमको आयोजना गरेर साधारणसभा मनाइएको हो ।

Advertisement

फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले मैनबति बालेर कार्यक्रम शुभारम्भ गरेका थिए । मन्तव्य राख्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अंसारीले “फेटा गाउँपालिका भित्र अबैध रुपमा सञ्चालन रहेको सहकारी संस्थालाइ कारबाही गर्न योजना बनिरहेको बताए ।”

Advertisement

कार्यक्रममा हरेराम,श्री लाल साह,संजय कुशवाह,लोहा यादव,मदन साहलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

संस्थाका अध्यक्ष रामसुन्दर ठाकुरको अध्यक्ष्तामा भएको सो कार्यक्रमका प्रमुख अतिथि फेटा गाउँपालिकाका गाउँपालिका अध्यक्ष अंसारी,विशिष्ट अतिथी गाउँ कार्यपालिका सदस्य मदन प्र.साह,वडा नम्बर ४ का वडा अध्यक्ष वकिल यादव, वडा नम्बर ७ का वडा अध्यक्ष पप्पु सिहं, त्यसैगरी अतिथी मा वडा सदस्य लोहा यादव,संजय कुशवाहा, लगायत स्थानीय गाउँबासी युवाहरु को उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन भने पूर्व वडा अध्यक्ष जयप्रकाश दास ले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *