Categories समाचार

१० ग्राम लागूऔषध हिरोईनसहित एक भारतीय युवक पक्राउ

वीरगञ्ज । प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज भंसारबाट पावर हाउस तर्फ जादै गरेका भारत बिहार राज्यको मेतिहारी किर्ताटोल बस्ने २५ बर्ष यदोलाल कुमारलाई पक्राउ गरिएको प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

Advertisement

सोमबार दिउसो वीरगञ्जको घण्टाघरमा शंकास्पद रुपामा साईकल चलाइ रहेका कुमारलाई पर्साबाट खटिएको प्रहरी टेलीले चेकजाँच गर्ने क्रममा पाईन्टको बाँया पट्टिको रहेको खल्तीमा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

Advertisement

पक्राउ परेका कुमारबाट चेकजाँचका क्रममा १० ग्राम हिरोईन लागूऔषध बरामद गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *