Categories समाचार

कारागारमा कैद भुक्तान गरिरहेका एकको मृत्यु

वीरगन्ज । सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मंगलबार मृत्यु भएको छ।

मृत्यु हुनेमा राजविराज नगरपालिका १५ का ६५ वर्षीय नन्दलाल मण्डल रहेको कारागार प्रमुख सदानन्द दासले जानकारी दिए।

Advertisement

कर्तव्य ज्यान मुद्दामा उनी २०७९ कात्तिक १६ गतेदेखि राजविराज कारागारमा कैद भुक्तान गरिरहेको जनाइएको छ।

Advertisement

मंगलबार बिहान शौचालयबाट निस्केपछि उनी लडेका थिए।

उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख दासले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *