वीरगन्ज । धनुषाको मिथिला नगरपालिका २ स्थित सतलोक आश्रममा १३ जोडीको दाजइजो मुक्त विवाह सम्पन्न भएको छ । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१० औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको अन्तरजातीय एवं आदर्श विवाह सम्पन्न भएको हो ।
१३ जोडीको सामुहिक विवाह भने १७ मिनेटमै सम्पन्न भएको हो । शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टका अनुसार असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामुहिक विवाह गराइएको हो ।
विवाह हुने चार जोडी नेपाल र ९ जोडी भारतका छन् । १७ मिनेटमै सम्पन्न गरिने यो विवाहलाई रमेणी विवाह पनि भनिन्ने गरिन्छ । यो विवाह पूर्णतः आदर्श एवं दाइजो मुक्त हुन्छन् । जातीय वा अन्तरजातीयमा विवाह गर्नु पूर्व सबैजोडीका अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्ने भट्ट बताउँछन् ।
आइतबारदेखि चलिरहेको तीन दिवसीय दिव्य धर्म यज्ञमा शन्त गरीबदासज महाराजको अमरवाणी अखण्ड पाठ, रक्तदान शिविर, विशाल भण्डारा तथा दाइजोमुक्त विवाह कार्यक्रम भइरहेको आश्रमले जनाएको छ । टुडेपाटी