Categories समाचार

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय युवक पक्राउ

Advertisement

वीरगंज । सशस्त्र प्रहरीले वीरगंजबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा.पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो १ बजेको समयमा वीरगंज-१६ स्थित भन्सार रोडबाट पूर्वी चम्पारण रक्सौल -७ अरुवाटोल बस्ने बर्ष २३ को उमेश यादवलाई पक्राउ गरेकाे हाे ।

Advertisement

भारतबाट नेपाल तर्फ आउँदै गरेको बिआर०५एआर ८१०१ नम्बरको मोटर साइकलमा सवार भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा निजले प्रयोग गरेको हेलमेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको श्रोत नखुलेको नेपाली १० लाख रुपैयाँ फेला परेकाे सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका सूचना अधिकारी डिएसपी संगम श्रेष्ठले वताए ।

Advertisement

पक्राउ परेका यादवलाई फेला परेका रुपैयासहित आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *