Rato Pana
समाचार

एउटै विद्यालयमा अध्यनरत विद्यार्थी बीचको आपसी विवादमा चक्कु प्रहार, एकजना पक्राउ

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. १४ पिपरास्थि नृरसिंह माद्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि चक्कु प्रहार भएकाे छ ।

कक्षा १० मा अध्ययनरत १६ बर्षिय महम्मद फिरोज आलममाथि साेही विद्यालयमा अध्ययनरत १५ बर्षिय अनुराग यादवले चक्कु प्रहार गरेकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक (इन्सपेक्टर) धर्मजंङ थिङले वताए ।

स्कुलमा छुटी भएपछि घर जाने क्रममा वीरगंजकाे लिंक राेडस्थित मंगलबार विहान ११ बजेकाे करिबमा अनुरागले फिराेजमाथि चक्कु प्रहार गरि घाइते बनाएकाे इन्सपेक्टर थिङले जानकारी दिए ।

कालिकामाई गाउँपालिकाकाे वडा नं. १ स्थायी घर भएका घाइते फिराेजकाे वीरगंजस्थित तराई अस्पतालमा उपचार भइरहेकाे छ । उनी वीरगंजमा श्रीपुरमा बस्दै आएका छन् । चक्कु प्रहार गर्ने अनुराग सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थायी घर हाे भने उनी वीरगंजकाे राधेमाई बस्दै आएका छन् । 

पुरानो रिसइवीका कारण अनुरागले आलममाथि छुरा प्रहार गरेको प्रहरीले जनाएकाे छ । दुबै जना बिच पहिलादेखि नै विवाद हुँदै आएकाे थियाे । घटना बारे थप अनुसन्धान भइरहेकाे इन्सपेक्टर थिङले वताए । कालिका टाइम्सबाट साभार

सम्वन्धित समाचार

Leave a Comment