Categories समाचार

निमावि तहको टिचिङ् लाइसेन्स परीक्षामा ८.६१% मात्र पास, मधेश प्रदेशमा ७.०७%

Advertisement

वीरगन्ज । शिक्षक सेवा आयोगले कातिक २० गते लिएको निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाको नतिजा सार्वजनि गरेको छ । परीक्षामा ८.६१ प्रतिशत परीक्षार्थी मात्रै उतीर्ण भएका छन् ।

मंगलबार आयोगले सार्वजनिक नतिजा अनुसार एक लाख ५१ हजार १२ जना सहभागी भएको परीक्षामा १३ हजार ७ जना मात्रै उतीर्ण भएका हुन् । यो कुल परीक्षार्थीको ८.६१ प्रतिशत मात्र हो ।

Advertisement

आयोगका अनुसार कोशी प्रदेशमा २४ हजार ३९ सहभागी भएकामा दुई हजार १३० (८.८६ प्रतिशत), मधेश प्रदेशमा २२ हजार ८५५ सहभागीमध्ये एक हजार ६१४ (७.०६ प्रतिशत), बागमतीमा १७ हजार ६५१ सहभागी मध्ये दुई हजार दुई (११.३४ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन् ।

Advertisement

त्यस्तैगरी गण्डकी प्रदेशमा ११ हजार ८९७ सहभागीमध्ये एक हजार १५२ (९.६८ प्रतिशत), लुम्बिनी प्रदेशमा २९ हजार २३० सहभागीमध्ये दुई हजार ८६३ (९.७९ प्रतिशत), कर्णाली प्रदेशमा २४ हजार १५४ सहभागी मध्ये एक हजार ५७४ (६.५२ प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ सहभागीमध्ये एक हजार ६७२ (७.८९ प्रतिशत) उत्तीर्ण भएका छन् ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *