Categories समाचार

आफैले जिउमा आगो लगाउँदा जलेर एक ५५ वर्षीया महिलाको मृत्यु

Advertisement

वीरगन्ज । बारामा एक महिलाले आफैले जिउमा आगो लगाउँदा जलेर मृत्यु भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने राजेन्द्र गिरीका ५५ वर्षीया श्रीमती विन्दा देवीले हिजो साँझ आफ्नै जिउमा आगो लगाएकी थिइन् ।

Advertisement

घरपरिवारले थाहा पाएपछि उद्धार गरी गम्भीर घाइते अवस्थामा उपचारको लागि वीरगञ्ज स्थित नारायणी अस्पताल भर्ना गरेका थिए ।

Advertisement

सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी प्रदिप क्षेत्रीले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *