Categories समाचार

भोजपुरी भाषाका तीन पुस्तक वीरगंजमा विमोचित

वीरगंज । भोजपुरी भाषाको उत्थान तथा विकास गर्ने उद्देश्यले वीरगंजमा आज भोजपुरी भाषाको पुस्तक विमोचन गरीएको छ ।

अन्य भाषाको उत्थान तथा विकास क्रमसः हुँदै गएपनि भोजपुरी भाषा ओझेलमा पर्दै गएको भन्दै भोजपुरी भाषाको उत्थानमा लागि परेको वक्ताहरूले बताएका छन् ।

Advertisement

भोजपुरी प्रतीष्ठानले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रमका प्रमुख अथिती भोजपुरी भाषा बिद् एव् भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, भोजपुरी प्रतिष्ठानका वरिष्ठ साहित्यकार गोपाल अस्क ,नेपाल भोजपुरी समाज वीरगंजका अध्यक्ष ध्रुवसिंह ठकुरी, डा. विशम्भर शर्मा , वीरगंज महानगरपालिकाका सामाजिक तथा शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्ण लगायतको सहभागितामा तीन वटा पुस्तक विमोचन गरीएको हो ।

Advertisement

प्रतीष्ठानका सल्लाहकार सभा सदस्य गोपाल अश्कको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भोजपुरी साहित्यकार तथा संगितकार रितु राज र सहजीकरण पत्रकार रितेश त्रिपाठीले गरेका थिए ।

भोजपुरी भाषालाई संरक्षण गर्ने उद्देश्यले नेपालमे भोजपुरी , भोजपुरीके आदिम धरोहर , भोजपुरी वर्ण विन्यास नामक पुस्तक आज विमोचन गरीएको हो ।

विमोचित पुस्तक लेखक गोपाल ठाकुर र गोपाल अश्कद्वारा लेखीएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *