Categories समाचार

स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु, एकजना गम्भीर घाइते

Advertisement

वीरगन्ज । रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ का  २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुन छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

Advertisement

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुबैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

Advertisement

घटनापछि स्थानीयले बस जलाएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *