Categories समाचार

वीरगन्ज जेसिजको ५१ औं वार्षिक साधारणसभा सम्पन्न

Advertisement

वीरगन्ज । वीरगन्ज जेसिजले ५१ औ वार्षिक साधारणसभाको आयोजना सम्पन्न गरेको छ ।

वीरगन्ज जेसिज २०२३ का अध्यक्ष जेसिआइ सिनेटर अरविन्द श्रेष्ठको अध्यक्षतामा शनिवार बसेको सो साधारणसभाले २०२४ को लागि जेसि अजय चौधरिको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Advertisement

वीरगन्ज जेसिजको नव निर्वाचित कार्यसमितिको कार्यकारिणी उपाध्यक्षद्वयमा अजय राउत र सुजित वर्णवाल, महासचिवमा तपेन्द्र चौधरी ,कानुनी सल्लाहकारमा सरोज चौरसिया ,कोषाध्यक्ष शुखसागर गौरो, उपाध्यक्षहरुमा पप्पु गुप्ता , अजय ओझैया , सेराज अन्सारी र देवराज प्रसाद, बोर्ड सल्लाहकारमा त्रीलोकी नाथ साह निर्वाचित भएको सहायक निर्वाचन अधिकृत २०१४ का अध्यक्ष जेसि संतोष खनालले बताउनु भयो ।

Advertisement

सो साधारणसभामा मुख्य निर्वाचन अधिकृत जेसिआइ सिनेटर रन्जन राउत , पुर्व अध्यक्षहरु मधु राणा ,गोपाल केडिया, मुकेश सिंह ,शेखर चौधरी लगायत पुर्वपदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *