Categories समाचार

पर्साको ग्रामीण भेगमा लगाइएको गाँजा खेती धमाधम नष्ट गरिँदै

Advertisement

पर्सा । पर्साको ग्रामीण भेगमा लगाइएको गाँजा खेती फडानी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी आफ्नो सक्रियता बढाएको छ ।

गाँजा खेती फडानी अभियान अन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आज ठोरी गाउँपालिकामा लगाइएको गाँजा खेतीको फडानी गरेको छ ।ठोरी–५ को ठुलो बाघमोर्चा, गडुवा लाइन, क्षेत्रीलाइनमा अवैध रुपमा लगाइएको १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाजा खेती फाडानी गरेको सुवर्णपुर प्रहरी चौकीले जनाएको छ ।

Advertisement

गाँजा खेती कसले गरेको हो भन्ने विषयमा सोधखोज पनि चलिरहेको भइरहेको सुवर्णपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक रामबहादुर बोगटीको दाबी छ ।

Advertisement

जिल्लामा गाँजा खेती फस्टाउँदै गएको समाचार आएपछि प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान चलाइएको हो ।

प्रहरीको गाँजा फडानी अभियान अन्तर्गत अहिलेसम्म करिब डेढ बिगहामा लगाइएको गाँजा फडानी गरिएको पर्सा प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *