Categories समाचार

खोलाको बाँध छेउमा एक महिलाको शव फेला

Advertisement

वीरगन्ज । धनुषाको मिथिला नगरपालिकामा एक महिलाको शव फेला परेको छ । मिथिला नगरपालिका–५ स्थित श्रीपुर गाउँबाट पाँच सय मिटर पूर्वमा रहेको औरही खोलाको बाँध छेउमा आईतबार अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

मृतक महिलाको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । अनुसार आइतबार बेलुकी स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

शव पहिचानका लागि विभिन्न माध्यमबाट प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

गत मंगलबार पनि धनुषामा एक महिलाको शव फेला परेको थियो । धनौजी गाउँपालिका–४ भडरियास्थित आँप घारीको बीचमा रहेको पोखरीमा परालले छोपिएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको थियो। अहिलेसम्म उनको समेत पहिचान खुलेको छैन।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *