Categories समाचार

बिल बिजक भन्दा बढी सामाग्री लोड रहेको ट्रक नियन्त्रणमा

Advertisement

वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी लोड रहेको खुद्रा सामग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेर वीरगञ्जबाट काठमाण्डौतर्फ गइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार राति ट्रक नियन्त्रणमा लिएको थियो ।

Advertisement

पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट प्रदेश–३ ०१–००५ ख ९८५१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

Advertisement

ट्रक चेकजाँच गर्दा विल बिजक भन्दा बढी शंकास्पद समान देखिएपछि समानसहित ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।

ट्रकमा ६४ लाख ६५ हजार ९ सय २१ रुपैयाँ बराबरको खुद्रा सामाग्रीहरू फेला परेको पर्सा प्रहरीले बताएको छ ।

बरामद गरिएको समानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *