Categories खेलकुद

पर्सा जिल्ला कबड्डी संघको आयोजनामा आजदेखि अन्तर बिधालय कबड्डी प्रतियोगिता सुरु

वीरगन्ज । पर्सा जिल्ला कबड्डी संघ वीरगन्जले आयोजना गरेको अन्तर बिधालय कबड्डी प्रतियोगिता आजदेखि सुरु भएको छ । वीरगन्जको जिल्ला प्रशासन नजिकै रहेको वीरगन्ज पब्लिक स्कुल + टुको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

संघका अध्यक्ष अमित अग्रवालको अध्यक्ष्तामा भएको उद्घाटन शत्रका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी विशिष्ट अतिथि बिपिएस +टुका निर्देशक मुकेश गुप्ता, खेलकुद पत्रकार संघ पर्साका अध्यक्ष तिवारी यादव, वीरगन्ज महानगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल यादव अतिथि शुसिला साह, सिखा यादव, ललित कर्ण, निश्चल प्रजापति, अकाश गिरी, सरोज चौधरी, राजेन्द्र चौधरी, प्रभात मेहता, मुकेश मित्तल लगायत रहनुभएको थियो ।

Advertisement

प्रमुख अतिथि तिवारीसहित विशिष्ट अतिथिहरुले पानसमा दीप प्रज्वलन गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन ।

Advertisement

कबड्डी खेल पुर्खौ देखि खेल्दै आएकोले यसलाई पुनः जिवित गर्दै यस्तो प्रतियोगिता गरेकोमा धन्यवाद दिदै ग्रामीण भेगमा समेत आयोजना गर्न वक्ताहरूले जोड दिए ।

मन्तव्य राख्दै प्रमुख अतिथि तिवारीले लोप हुदै गएको खेललाई उजागर गर्ने संघको प्रयास सराहनीय रहेको भन्दै प्रशंसाा गरेका थिए । तिवारीले भने `बिना कुनै श्रोत साधन खेलिने खेल अहिले ओझेलमा परेको छ यसमा सम्पूर्णले आ आफ्नो क्षेत्रबाट हातेमालो गर्दै अगाडि बढ्न जरुरी छ । खेलमा जित हार हुने भएकोले संयमित भएर खेलन खेलाडीहरुलाइ सुझाएका थिए ।

आजदेखि सुरु भएको प्रतियोगितामा १३ ओटा बिधालयले भाग लिएको छ । सो प्रतियोगिता अगामी सोमबारसम्म चल्ने आयोजक समितिले जनाएको छ ।

स्वागत मन्तव्य संघकी महिला सदस्य प्रेरणा श्रेष्ठले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन संघका स सचिव श्याम सरार्फले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *