Categories समाचार

श्री छाँया बचत तथा ऋण सहकारी संस्थाको नयाँ भवनको उद्घाटन

Advertisement

उपेन्द्र साह वीरगन्ज । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ नौतनमा रहेको श्री छाँया बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ ।

विगत ४ साल देखि परवानीपुर चौक स्थित श्री छाँया बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग्राहकहरुलाई सेवा दिदैआइरहेकोमा अब नयाँ भवनको परवानीपुर गाउँपालिका वडा नम्बर ५ नौतनमा सोमबार उद्घाटन भएसंगै सोही ठाउबाट सेवा सञ्चालन गरिने जनाइएको छ ।

Advertisement

श्री छाँया बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिकोत्सवको अवसर पारेर संस्थाका अध्यक्ष रोशन कुमार गुप्ता र प्रमुख अतिथी हरेराम पटेलले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् ।

Advertisement

यस कार्यक्रममा रितिका साह , सोभा, अर्जुन पासवान , सिधान्त पटेल, कृति चौरसिया र सयौं शेयरधारक तथा संचारकर्मी रामनिवास पटेल , उपेन्द्र साह लगाएतको उपस्थिति रहेको थियो।

ग्राहकहरुलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतुले नयाँ भवनको निर्माण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्दन गुप्ताले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *