वीरगञ्ज । डिएभी स्कुलको ३० औं वार्षिकोत्सब तथा स्वः शंकरलाल केडियाको ८८ औं जन्मोत्सव आफ्नै बिधालयको प्रारङ्गमा भब्य रुपमा सम्पन्न भएको छ ।
डिएभी स्कुलका निर्देशक तथा अध्यक्ष श्रीतारा चन्द्र केडियाको अध्यक्षता तथा वीरगञ्ज उधोग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालको प्रमुख आतिथ्यमा सो वार्षिकोत्सब तथा जन्मोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
वार्षिकोत्सब कार्यक्रममा भारतीय महावाणिज्यदूतका शैलेन्द्र कुमार, वीरगञ्ज उधोग वाणिज्य संघका उपाध्यक्ष माधवराज पाल, बिधालयका उपाध्यक्ष बिजय कुमार सरावगी, डिपिएस, जिल्ला अध्यक्ष पुरन प्रधान सचिव राहुल श्रीवास्तव, प्रअ रजित आन्नद, परवानीपुर गाउँपालिका अध्यक्ष राम क्षेत्री, वडा नम्बर ४ का वडा अध्यक्ष गम्भीरा कुर्मी, बिन्दवासिनी गाउँपालिका उपाध्यक्ष ज्योति चौरसिया, वल्र्ड अफ वन्डरका सौरभ केडिया, केडिया आँखा अस्पताल प्रबन्धक प्रकाश बर्मा, केडिया परिवार बाट स्वः शंकरलाल केडिया छोरी शशि प्रभाजी, नाति आयुष केडिया, पशुपति बिक्रम शाह , उषा शाह, मधु राणा, खुस्वु अग्रवालले आआफ्नो धारणा राख्नु भएको प्रिन्सिपल राकेश मिश्राले जानकारी दिनुभएको छ ।
बिधालयको वार्षिकोत्सबको अवसरमा बिधालयका बालबालिकाहरुले नृत्यनाटक, संगीत प्रस्तुत गरेका थिए। हरेक वर्ष डिसेम्बर १० मा मनाउने गरेकोमा यो वर्ष देखि ३१ औं वर्षमा प्रवेश गरेकोमा बिधालयका अध्यक्ष अग्रवालले भावना प्रस्तुत गर्नुभएको थियो ।






