वीरगन्ज । पर्सा जिल्ला कबड्डी संघ वीरगन्जले आयोजना गरेको अन्तर बिधालय कबड्डी प्रतियोगिताको आज पहिलाे खेलमा सुर्योदय स्कुलले गुगल एकडमीलाई १०-५९ अंकले पराजित गरेकाे छ ।
पहिलाे खेलकाे सुर्योदय स्कुलकी जर्सी नम्बर ८ सलामु खातुनलाई कार्यक्रम संयाेजक अमित सिंहले प्लेयर अफ द म्याचको ट्रफी प्रदान गरेका थिए ।
त्यसै गरि आजै भएकाे दाेस्राे खेलमा एस आर ग्यालेक्सीले ३४-६६ अंकले ग्यालेक्सी स्कुललाई पराजित गरेकाे छ । दाेस्राे खेलमा एस आर ग्यालेक्सी स्कुलकी जर्सी नम्बर ३ निकी साहलाई संघका उपाध्यक्ष सुधिर गुप्ताले प्लेयर अफ द म्याचको ट्रफी प्रदान गरेका थिए ।
भाेली छात्र तर्फ ४ वटा र छात्रा तर्फ २ वटा खेल हुने पर्सा जिल्ला कबड्डी संघका अध्यक्ष अमित अग्रवाले जानकारी गराए । प्रतियोगिता वीरगन्ज पब्लिक स्कुल + टुको खेलमैदानमा भइरहेको छ ।
आजदेखि सुरु भएको प्रतियोगितामा १३ ओटा बिधालयले भाग लिएको छ । सो प्रतियोगिता अगामी सोमबारसम्म चल्ने आयोजक समितिले जनाएको छ ।








