Categories समाचार

पंजिकरण सेवालाई बृद्धबृद्धा तथा अपाङ मैत्री बनाउन वीरगंजका उपमेयर नै बाधक

वीरगंज । वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको गैरजिम्मेवारिका कारण सेवाग्राहीले मर्का खेप्नु परेको छ । कार्यालय संचालनको विषयलाई लिएर उपप्रमुख आलमले देखाएको गैरजिम्मेवार प्रवृत्तिका कारण बृद्धबृद्धा तथा पंजिकरणको काम लिएर आएका सेवाग्राहीले सास्ति भोग्नु परेको हो ।

कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बस्ने गरेको कार्यकक्ष सारेसँगै पहिले रहेको कार्यकक्षमा पंजिकरण शाखा सार्ने विषयमा उपप्रमुखले अवरोध गरेपछि सेवाग्राहीले सास्ति भोग्न परेको वडा नं. १७ का वडाध्यक्ष संजिव बहादुर क्षेत्रीले बताउनुभयो ।

Advertisement

पहिले प्रमुख प्रशासकीय अधिकृत बस्ने गरेको कार्यालयलाई पंजिकरण शाखामा रुपान्तरण गर्न वडाअध्यक्षहरुले नै पहल गर्दा उपप्रमुख सहित उनको सचिवालयका समर्थकले अवरोध गर्दै सेवा प्रवाहमा रोक लगाउन खोजेपछि विवाद भएको थियो ।

Advertisement

महानगरका अधिकांस वडाका वडाध्यक्षले पंजिकरण शाखाका लागि उक्त कार्यालय सहज हुने निर्णय गर्दै बिहान आफ्नै उपस्थितिमा पंजिकरणको काम गराउन लाग्दा उपमेयरसहित उनको सचिवालयले अवरोध गरेपछि केही बेर तनाब उत्पन्न हुन पुगेको हो ।

कार्यालयको प्रशासनिक र आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृतको रहनेभएकाले आफूले वीरगंजवासिकै सहजताका लागि साँघुरो कोठामा रहेको पंजिकरण शाखालाई फराकिलो र सेवामैत्री बनाउन उक्त कोठामा लैजान लागेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताउनुभयो ।
वडा नं. २६ का वडाध्यक्ष शम्भु मिश्रले आफ्नो दायरा नबुझ्दा आजको अवस्था आएको भन्दै प्रमुख उपप्रमुख दुबैले आफ्नो दायरा जानकारी लिन आग्रह गर्नुभयो ।

कार्यालयको कुनै शाखा सार्ने विषय कार्यालय प्रमुखको अधिकारमा निहित रहेकाले त्यसलाई सहजिकरण गर्न सहयोग गर्नु पर्नेमा विवाद निकालेर सेवाग्राहीलाई दुख दिने कार्य हुनु अशोभनीय रहेको पनि उहाँले बताउनुभयो ।
यस्तै वडा नं. ७ का वडाध्यक्ष हिराकाजी महर्जनले जनताको सेवा प्रवाह गर्ने कार्यालयमा सामान्य विषयमा कसैले पनि विवाद गर्न नहुने भन्दै कार्यालय संचालनको विषयमा विवाद गरेर जनतालाई दुख नदिन आग्रह गर्नु भयो ।

पंजिकरण शाखालाई बृद्धबृद्धा तथा अपाङ मैत्री बनाउनु आजको आवश्यकता रहेकाले यसमा उपमेयर बाधक बन्नु निकृष्ट कार्य भएको वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले बताउनुभयो ।

केही बेर भएको विवाद भए पछि प्रहरी परिचालन गरेर अवस्था सामान्य बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *