Categories समाचार

होटल आदर्श इनको फेमिली रेस्टुरेन्ट सञ्चालनमा, अध्यक्ष अग्रवालले गरे उद्घाटन

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ६ को गहवा जाने बाटो २ नम्बर रोडमा रहेको होटल आदर्श इन प्रा.लिले फेमिली रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।

बिजय कुमार सर्राफ सञ्चालन गर्नुभएको यस होटल तथा रेस्टुरेन्ट उद्घाटन कार्यक्रम वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालको प्रमुख आतिथ्यमा गरिएको हो ।

Advertisement

अतिथिमा वडा नं ८ का वडा अध्यक्ष रितेश गुप्ता, वडा नं ६ का वडा अध्यक्ष जयप्रकाश अग्रवाल,वडा नं ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, जनमत पार्टी का जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, गहवामाई मन्दिर रथयात्रा समिति अध्यक्ष श्याम पोखरेल, पर्सा सुन चाँदी व्यवसायी संघका अध्यक्ष भुल्न प्रसाद सोनार, पर्सा सुन चाँदी व्यवसायी संघका उपाध्यक्ष अनिल कुमार सर्राफ, जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा, प्रहरी नायव निरीक्षक तेजप्रताप सिहं लगायतको उपस्थिती रहेको थियो ।

Advertisement

मन्तब्य व्यक्त गर्दै प्रमुख अतिथि अग्रवालले `आर्थिक मन्दीका कारण महानगरपालिका अन्तर्रगत रहेका होटल तथा रेस्टुरेन्टहरु बन्द हुने अवस्थामा पर्यटकलाइ मध्य नजर गर्दै साहसका साथ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा ल्याउनु सराहनीय रहेको भन्दै प्रशंसा गरेका थिए ।´

Leave a Reply

Your email address will not be published. Required fields are marked *