Categories खेलकुद

अन्तर विद्यालय कबड्डी प्रतियोगिता : दाेस्राे दिन छात्रा तर्फ २ खेल र छात्र तर्फ ४ खेल सम्पन्न

वीरगन्ज । पर्सा जिल्ला कबड्डी संघले आयाेजना गरेकाे अन्तर विद्यालय कबड्डी खेलकाे दाेस्राे दिन छात्रा तर्फ २ खेल र छात्र तर्फ ४ खेल भएकाे हो ।

दाेस्राे दिनकाे पहिलाे खेलमा छात्र तर्फ गाैतम स्कुलले ९०-६२ अंकले सालाेम स्कुललाई हराएकाे थियो । पहिलाे खेलकाे म्यान अफ द म्याच गाैतम स्कुलका जर्सी नम्बर ७ का ऋषि साह घाेषित भएका थिए भने दाेस्राे खेलकाे छात्र तर्फ नै नवदिप एकेडेमीले ५८-४६ अंकले वीरगंज गाेल्डेन गेट स्कुललाई हराउँदै जित हात पारेको थियो । दाेस्राे खेलकाे म्यान अफ द म्याचको उपाधि जर्सी नम्बर १० का आशुतोष चाैधरीले पाएका थिए ।

Advertisement

यसै गरि तेस्राे खेलमा छात्राहरू तर्फ गूगल एकेडेमीले ४० अंक बनाउदा डिएभी स्कुलले ३९ अंक बनाएको थियो । गूगल एकेडेमी मात्र १ अंकले जितेकाे हो । तेस्राे खेलकाे प्लेयर अफ द म्याच गूगल एकेडेमीकी जर्सी नम्बर १० कि खुशी चाैधरी भएकी थिइन् । आजै भएकाे छात्रा तर्फकाे चाैथाे खेलमा साउथ जाेन स्कुलले ग्यालेक्सी स्कुललाई ६६-३३ काे अंकले पराजित गर्दै साउथ जाेनकी जर्सी नम्बर ६ कि प्रेक्षा गाैराे प्लेयर अफ द म्याच घाेषित भएकी थिइन् ।

Advertisement

छात्र तर्फकाे पाचौं खेलमा डिएभी स्कुलले गूगल एकेडेमीलाई ६१-५८ अंकले हराउदै जितकाे पाेल्टाे आफ्नो नाम गर्न सफल भयो । म्यान अफ द म्याच डिएभी स्कुलका गाैतम पटेल जर्सी नम्बर १० घाेषित भए । आजकाे छैटौं र अंतिम खेलमा पिस जाेन स्कुलले ८७-२० काे फराकिलाे अंकले ग्यालेक्सी स्कुललाई हराउदै म्यान अफ द म्याच पनी पिस जाेन स्कुलका जर्सी नम्बर १३ बा गाेलु यादव बनेका थिए ।

भाेली छात्र तर्फ ४ वटा र छात्रा तर्फ २ वटा खेल हुने पर्सा जिल्ला कबड्डी संघका कार्यक्रम संयाेजक अमित सिंहले जनाकारी दिनु भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *