Categories स्वास्थ्य

प्रसौनीमा भएको निशुल्क स्वास्थ्य शिविरबाट ८ सय ७० जना लाभान्वित

Advertisement

अनिल गुप्ता
वीरगन्ज । प्रसौनी गाउँपालिका वडा नम्बर ४ मा प्रसौनी गाउँपालिका र नेशनल मेडिकल कलेजको सहकार्यमा वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो शिविरबाट ८७० जना लाभान्वित भएका छन् ।

शिविरको उद्घाटनशत्रमा गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवाल, प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवी साह, प्रसौनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश प्रसाद साह, वडा नम्बर ४ का वडा अध्यक्ष याकुब अंसारी लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

गाउँ घरमा रहेका गरिब असहाय व्यक्तिहरु जो पैसाको अभावमा सामान्य रोगको पनि उपचार गराउन असमर्थ हुन्छन् त्यस्ता वर्गलाई लक्षित गर्दै गाउँपालिका अध्यक्ष जैसवालले यस्ता कार्य गरेकोमा स्थानीयहरु खुसि हुदै चेकजाँच गराएका थिए।

Advertisement

चेकजाँच गराउनेहरुमा युवा युवती, बृद्घ, सुत्केरी महिला लगायतको उपस्थिती रहेको स्वास्थ शाखा प्रमुख साहले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *