Categories समाचार

प्रहरी सहायक हवल्दारले आफनै घरमा पासो लगाएर गरे आत्महत्या

Advertisement

वीरगंज । पर्सा घर भई हाल रसुवामा कार्यरत एक जना प्रहरी सहायक हवल्दारले आज आफनै घरमा पासो लगाएर हत्या गरेका छन् ।

वीरगंज–२१ ताजपुर बस्ने वर्ष ३२ का सहायक हवल्दार सुरेन्द्र रायभरले निज निवासको आफनै कोठामा बासको बलोमा पासो लगाएर आत्महत्या गरेको अवस्थमा मृत फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

Advertisement

पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाका अनुसार रसुवा कारागारमा सुरक्षा गार्डको पदमा दरबन्दी भइ हाल जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत रही चार दिनको विदामा घर आएको बेला यो घटना भएको हो ।

Advertisement

आईतवार विहान ११ः५० बजेको समयमा आत्महत्या गरेको प्रहरीलाई जानकारी आएको थियो । आत्महत्याको कारण खुल्न बाँकी रहेको र शव पोस्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *