Categories हाइलाइट-समाचार

५ लाख घुसको रकमसहित वडाध्यक्ष तारा कार्की पक्राउ

Advertisement

बारा । सेवाग्राहीसँग घुस लिएको आरोपमा बारा जितपुर सिमरा उपमहानगरपालिका ३ का वडाध्यक्ष तारा कार्की पक्राउ परेका छन् ।

उनलाई हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो । वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए ।

Advertisement

जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको हो । उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित अख्तियारको टोलीले बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *