Categories समाचार

हिमालयन डिस्टिलरीले दियो लिपनीविर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स, पूर्व मन्त्री यादवद्वारा हस्तान्तरण

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित हिमालयन डिस्टिलरीले लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । वडा कार्यालयले सोमवार आयोजना गरेको एक औपचारिक कार्यक्रमका बीच उद्योगले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

वडा नम्बर २१ का वडाअध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा सम्पन्न एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व बन तथा वातावरण मन्त्री प्रदीप यादवले सबै उद्योगी व्यवसायीहरुले सामाजिक कार्यमा लगानी गर्नु सकारात्मक पक्ष रहेको बताए ।

Advertisement

सामाजिक उत्तरदायित्व सबै निजी संस्थाले बहन गर्नुपर्ने प्रावधानअनुरुप समाजको शिक्षा, स्वास्थ्य तथा अन्य विकासका क्षेत्रमा सक्दो सहयोग गर्न पनि उनले अन्य उद्योगहरुलाई आग्रह गरेका छन् । सबैको साझा पहलमा नै विकास र समृद्धि हासिल गर्न सकिने बताउँदै पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद समेत रहेका यादवले हिमालयन डिष्टिलरी प्रति आभार पनि व्यक्त गरेका छन् ।

Advertisement

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा निवर्तमान वडाअध्यक्ष हबिब मिया, हिमालयन डिष्टिलरीका महाप्रबन्धक नविन कुमार उपाध्याय, लिपनीविर्ता स्वास्थ्य चौकीका प्रमुख रामेश्वर राम लगायतको उपस्थिती रहेको समिर आलमले जानकारी दिए ।

वडाअध्यक्ष रौनियारकै पहलमा हिमालयन डिष्टिलरीले २० लाख मूल्य बराबरको एम्बुलेन्स स्वास्थ्य चौकीलाई उपलब्ध गराएको हो । उक्त एम्बुलेन्सबाट आफ्नो वडाबासी मात्रै नभएर छिमेकी वडाका बासिन्दा पनि लाभान्वित हुने वडाअध्यक्ष रौनियारको विश्वास छ ।

उनले यसअघि वडाका अन्य शैक्षिक संस्थालाई पनि सामाजिक उत्तरदायित्वस्वरुप सहयोगका लागि निजी संस्थासँग समन्वय गर्दै आएका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *