Rato Pana
समाचार

३ सय ८० किलो गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ । प्रहरीले चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका गरेको छ ।

भरतपुर महानगरपालिका९१ आँपटारीबाट मङ्गलवार बिहान दुई जनालाई गाँजासहित पक्राउ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाएको २८ पोका बरामद गरेको हो ।

पक्राउ पर्ने दुई जना चालक र सहचालक हुन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

Leave a Comment