अमित अग्रवाल
वीरगञ्ज । बिना भन्सार नेपाल प्रवेश गरेको भन्दै भारतीय एम्बुलेन्ससहित चालकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिइ भन्सार बुझाएको छ ।
भारतीय बोलेरो एम्बुलेन्स गाडी भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई पर्सा जिल्लाको ग्रामिण एरिया तथा महानगरपालिका भित्रमा अनाधिकृत रुपमा प्रयोग गर्दै आईरहेको सुचना पाएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१३ तराई अस्पताल अगाडीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार BR1AP 5291 नम्बरको भारतीय बोलेरो एम्बुलेन्स गाडीलाई स्वरूप परिवर्तन गरी स्कारपियो गाडीको पार्टसहरू लगाएको विना भन्सारको एम्वुलेन्स चालक भारत विहार जिल्ला पुर्वी चम्पारण पलनवा ग्राम बहुअर्वा बस्ने ३० वर्षका महमद नेजामुदिनले चलाइरहेका थिए ।
भारतीय बोलेरो एम्बुलेन्सलाई अन्दाजी मुल्य रु.४,००,०००।– ( चार लाख ) मूल्याङ्कन गरी थप अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ ।






