Categories समाचार

१३ वर्षीया बालिकालाई नेपाल भित्र्याउने क्रममा इरशाद भारतीय प्रहरीको नियन्त्रणमा

Advertisement

वीरगन्ज । एउटी १३ वर्षीया भारतीय बालिकालाई नेपाल ल्याउने क्रममा इरशाद खान नामका एक व्यक्तिलाई भारतीय प्रहरी पक्राउ गरेको छ । भारत–नेपाल सीमानामा रहेको मैत्रीपुल (रक्सौल)मा खानले १३ वर्षकी पुष्पा देवीलाई प्रलोभनमा पारेर नेपाल ल्याउन खोज्दा पक्राउ परेका छन् ।

मानव बेचबिखन नियन्त्रण इकाई (एएचटीयू) इलाका मुख्यालय बेतियाको कार्यलय ४७ औं कोर रक्सौलको सतर्कताका कारण इरशाद खानले नेपाल ल्याउन खोजेका एक नाबालिगको उद्धार गरिएको हो ।

Advertisement

त्यसपछि प्रयास बाल सहायता केन्द्र रक्सौलकी आरती कुमारीले नाबालिगलाई काउन्सिलिङ गरेपछि नाबालिग बालिकाले आफु रिसाएर घरबाट निस्केर रेलमा बसेको बताएकी थिइन् । त्यहि रेलमा इरशाद खानले उनीसँग कुरा गरे र कुराकानीका क्रममा उसलाई आफ्नो घरमा लैजान्छु भन्यो।

Advertisement

त्यसपछि युवतीले उनलाई घरमा बोलाएर केही पैसा पठाउन आग्रह गरेपछि पुष्पादेवीका परिवारका सदस्यले गुगल पे मार्फत पैसा पठाए पनि धेरै दिन बितिसक्दा पनि युवतीलाई झूट बोलेर घर लैजान खोजेका थिए ।

पक्राउ परेका भारती नागरिक खानसँग अपराधको विवरण बुझ्नका लागि सोधपुछ भइरहेको छ ।

प्रहरी निरीक्षक मनोजकुमार शर्माले अभिभावकले आफ्ना सन्तानसँगको सम्बन्ध सुमधुर बनाउन जरुरी भइसकेको बताए, नत्र यस्ता अपराधीहरु आफ्ना सन्तानलाई बेचबिखन गर्न तयार हुने गरेका छन् । त्यसपछि पक्राउ परेका इरशाद खान र बालिका पुष्पालाई ओपी हरैया प्रहरीको जिम्मा लगाइएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *