वीरगन्ज । `कथाकुंज साहित्य सेवा परिषद् (पंजी) भारत´को नेपाल अध्यक्ष वीरगंज की अस्मिता पटेल नियुक्त भएकी छिन् ।
संस्थापक गोविन्द गुप्ता र मुकेश पटेलद्वारा घोषणा गरिएको कथाकुंज साहित्य सेवा परिषद्को कार्यकारिणी समितिमा भारतका मात्रै नभई विदेशका पनि धेरै साहित्यकारहरूले संरक्षक मण्डलमा स्थान पाएका छन् ।
विशेषगरी डा. ममता सैनी तान्जानिया, इन्दु. नन्दल इन्डोनेसिया, शिखा पोरवाल क्यानडा, धरधाम इन्टरनेशनलका प्रमुख डा सौरभ पाण्डे, विक्रम विश्वविद्यालय उज्जैनकी सीमा पाण्डे, भुदत्त शर्मा पीवी पाण्डे, सञ्जना साइमन, रीमा महेन्द्र, स्मृति त्रिवेदी, अनु बाफना, अनुसुया, साहु मीनु पराशर, माधुरी भट्ट, साथै महिला सभा, नोएडाकी अध्यक्ष डा पारुल अग्रवाल, महिला सभा साहित्य शाखा, खड़गपुरकी अध्यक्ष विनिता जैसवाललगायत धेरै साहित्यकारहरू छन्।
कविता भडानालाई महिला शाखा समाज कार्य, फरीदाबादको अध्यक्ष बनाइएको छ।
युवा संघका अध्यक्ष श्यामप्रताप सिंह र लवि सिंह, युवा महिला विंग अध्यक्ष त्यसैगरी विभिन्न प्रदेश र राष्ट्रिय एकाइका अन्य पदाधिकारीको पनि घोषणा गरिएको छ ।
“नेपालको वीरगन्जकी युवा साहित्यिका अस्मिता पटेललाई नेपालको अध्यक्ष बनाइएको छ, उनले नेपालमा हिन्दी भोजपुरी साहित्यको प्रवद्र्धन गरिरहेकी छिन् ।
बाँकी पदाधिकारीको नाम पनि छिट्टै घोषणा गरिने परिषद्ले देशका विभिन्न शाखाहरु मार्फत साहित्यिक र सामाजिक कार्यहरु गर्ने जनाइएको छ ।







