Categories समाचार

बस र ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु, २७ जना घाइते

Advertisement

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित ३ नम्बर पुल नजिक आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २७ जना घाइते भएका छन् ।

राति २ बजेको समयमा काकड्भिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा घाइते भएका तीन जनाको मकवानपुरको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुरको हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का एकजना व्यक्तिको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि चितवनस्थित मेडिकल कलेज पठाइएको र सामान्य घाइते भएका २० जनाको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *