Categories समाचार

नदीमा फेला परेको शवको परिचय खुल्यो

Advertisement

वीरगन्ज । वीरगन्जमा आज बिहान फेला परेको शवको परिचय खुलेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २४ भएर बग्ने मरलहिया नदिको किनारमा फेला परेको शव भारतीय नागरिकको रहेको प्रहरीले जनाएको छ ।

Advertisement

फेला परेको शव भारतको मोतिहारी निवासी ३० वर्षीय सलेन्द्र साहको रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापााले जानकारी गराउनु भयो ।

Advertisement

आज बिहान मर्निङवाक मा रहेका केही स्थानीयहरुले नदिमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

थप अनुसन्धानका लागि शव नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *