Categories समाचार

वीरगञ्जमा युवा मैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा र अधिकार सम्बन्धी तालिम सम्पन्न

Advertisement

वीरगञ्ज । युवा मैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा र अधिकारका विषयमा २ दिने तालिम वीरगञ्जमा सम्पन्न भएको छ । गैरसरकारी संस्था ‘युवा’ द्वारा वीरगञ्ज महानगरपालिकामा सञ्चालित ‘युथ एक्सेस परियोजना’ अन्र्तगत तालिम सम्पन्न भएको हो ।

वीरगञ्ज महानगरपालिका मातहतका स्वास्थ्य चौकी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि युवा मैत्री स्वास्थ्य प्रवाह गर्ने अभिप्रायले तालिमको आयोजना गरिएको ‘युवा’ की महासचिव अस्मिता रिजालले बताइन् । उनकाअनुसार ‘युवा’ ले यौन तथा प्रजनन स्वास्थ्य शिक्षा र अधिकारका क्षेत्रमा लामो समयदेखि पैरवी गर्दै आइरहेको छ ।

Advertisement

तालिममा सहभागी भएका १७ जना स्वास्थ्यकर्मीहरुलाई पुष्पा प्रधान जोशीले प्रशिक्षण दिएकी थिइन् । स्वास्थ्य संस्थामा सेवा लिन आउने युवालाई कसरी सेवा प्रवाह गर्ने, कस्ता शब्दको प्रयोग गर्ने, कस्ता शब्द प्रयोग नगर्ने, गोपनीयता कायम कसरी राख्नेदेखि लिएर यौन तथा प्रजनन स्वास्थ्य शिक्षा तथा अधिकार सम्बन्धी कानुनी प्रावधानका बारेमा उनले प्रशिक्षण दिएकी हुन् ।

Advertisement

असुरक्षित गर्भपतनलाई निरुत्साहित गर्दै सुरक्षित गर्भपतनको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले ‘युवा’ ले काम गर्दै आएको युथ एक्सेस परियोजनाका पर्सा जिल्ला संयोजक आशु कुमार सर्राफले बताए । पछिल्लो ३ वर्षदेखि ‘युवा’ ले वीरगञ्जलाई कार्यक्षेत्र बनाएर युवा मैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा र अधिकारसँगै सुरक्षित गर्भपतनको क्षेत्रमा काम गर्दै आएको छ ।

वीरगञ्ज महानगरपालिकाको प्रत्यक्ष निगरानीमा सञ्चालित परियोजना अन्र्तगत हरेक वर्ष १० जना युथ च्याम्पियन चुन्ने गरिन्छ । ति चुनिएका युथ च्याम्पिनहरुलाई नै सचेतना फैलाउनका लागि परिचालन गरिन्छ । जसअन्र्तगत ३ वर्षमा चुनिएका ३० जना युथ च्याम्पियनले वीरगञ्जका १५ वटा विद्यालयका १ हजार विद्यार्थीलाई सुरक्षित गर्भपतनसँगै यौन तथा प्रजनन स्वास्थय शिक्षा र अधिकारका बारेमा अवगत गराइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *