Categories समाचार

दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते

Advertisement

वीरगन्ज । बाराको निजगढ नगरपालिकास्थित भमरामा आज दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । साथै एक जना घाइते भएका छन् ।

रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा ९७ प ९४४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१ प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

Advertisement

मृत्यु हुनेमा बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बाग्मती ३ का ३१ वर्षीय बुद्धिबहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी-२ का ३४ वर्षीय चन्द्रदिप लामा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *