Categories समाचार

यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका एक थनुवा हतकडीसहित फरार

Advertisement

वीरगन्ज । बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका एक थनुवा सिरहाबाट फरार भएका छन् । म्याद थपका लागि लगिएको जिल्ला सरकारी वकिलको कार्यालय सिरहाको अगाडिबाट हतकडीसहित थुनुवा फरार भएका हुन् ।

आरोपित छोटु सदा दिउँसो १ बजे हतकडीसहित फरार भएको सिरहा प्रहरी प्रवक्ता (डिएसपी) रविन्द्रराज पाण्डेले बताए ।

Advertisement

बाल यौन दुर्व्यवहार आरोपमा सदालाई बिहीबार लहान प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो।

Advertisement

प्रहरीको भ्यानबाट तल ओराल्ने क्रममा सदा हतकडीसहित भागेको डिएसपी पाण्डेले बताए। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सांकेतिक तस्बिर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *