Categories समाचार

बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको ट्रक नियन्त्रणमा

Advertisement

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका सामानहरु नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकस्थित सडकखण्डबाट ना.२ ख ९३५७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।

बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा प्रहरीले जाँच गरेको थियो ।

Advertisement

सोही क्रममा ट्रकमा लोड रहेको सामानको विल बिजक संकास्पद देखिएको नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारबिक्रम थापाले बताए ।

Advertisement

बरामद सामग्रीको मूल्यांकन ४५ लाख ९६ हजार १०४ रुपैँया कायम गरि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *