Categories समाचार

रुखबाट खसेर एक बृद्धको मृत्युु

Advertisement

वीरगञ्ज । बाराको निजगढ नगरपालिका वडा नं १ का एक बृद्धको रुखबाट खसेर मृत्यु भएको छ ।

निजगढ नगरपालिकामा सडक हेरालुका रुपमा कार्यरत पुर्णबहादुर तिमल्सिनाको रौतहटको जंगलमा रुखबाट खसेर मृत्यु भएको हो ।६५ वर्षिय तिमल्सिना विहिबार अपरान्ह ३ बजेतिर बाख्रालाई घाँस लिन ्भ,ननन्दै जंगल गएका छिमेकी राधाकृष्ण सापकोटाले बताए ।

Advertisement

करिब २० मिटर उचाईबाट खसेका तिमल्सिना बजारिएको स्थानबाट ३ मिटर जति पर कोल्टे घोप्टो अवस्थामा मृत फेला परेका स्थानियले बताएका छन् । तिमल्सिना २०७३ सालदेखी नगरपालिका मातहत ज्यालादारीमा सडक हेरालुका रुपमा काम गर्दै आएका थिए ।

Advertisement

नगरपालिकाका सव ईन्जिनियर नवीन खनालले उनको शव पोष्ट्मार्टमका लागी चन्द्रपुर अस्पताल पठाईएको बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *