Rato Pana
समाचार

चिसो बढ्दै गएपछि वीरगन्ज कपडा बैंकद्वारा नि:शुल्क कपडा वितरण

वीरगन्ज । वीरगन्ज कपडा बैंकले आज बिरगंजको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०: ३० बजेदेखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शनिबार बिरगन्जको घण्टाघरमा ९ सय थान कपड़ा वितरण गरेको छ ।

निशुल्क कपडा वितरण कार्यक्रम सन्चालन हुँदै गर्दा नेपाली काङ्ग्रेसका नेता समाजसेवी राकेश सिंहले ४ बोरा कपडा ,हुकुम सिंह राजपुतले १ बोरा कपडा र १ बोरा कपडा अन्य दाताले सहयोग गरेको कोषाध्यक्ष मनोज मिश्राले बताए ।

बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि, अतिथिहरु नेपाली काङ्ग्रेसका नेता राकेश सिंह , हुकुम सिंह राजपुत, संस्थाका संस्थापक सदस्य एवं प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंह , समाजसेवी गौरी गुप्ता, नेपाल रेडक्रस सोसाइटी रेषमकोठिका सदस्य श्रवण रायमाझी,संस्थाका निवर्तमान अध्यक्ष रम्भा मिश्रा,उपाध्यक्षद्वय प्रकाश थारु – मोनिका सिंह ,सदस्यहरु हरेंद्र पटेल-संजय मंडल-शोभा देवी, पत्रकार क्रान्ती साह ,राज सराफ ,घण्टाघर प्रहरी पोस्टका प्रमुख असइ कृष्णनन्दन ठाकुर रामबाबु सिंह ,,सन्जु साह ,दिपक पटेल लगायत को सहभागिता रहेकों सचिव कन्हैया पटेलले बताए ।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ दिएर जानुस र नहुने आवस्यकता भएकोले निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ५ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत सार्वजनिक स्थानमा निशुल्क कपडा वितरण गर्दै आइरहेको छ ।

वीरगन्ज कपडा बैंकको नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्ण दाताहरु सुभेच्छुकहरु, सन्चारकर्मिहरु , संस्थाका सल्लाहकारहरु ,पदाधिकारी सदस्यहरु लाई हार्दिक आभार प्रकट गर्नु भएको थियो

सम्वन्धित समाचार

Leave a Comment