Categories समाचार

मोटरसाइकल दुर्घटनामा वडा अध्यक्षका छोरासहित दुई युवकको मृत्यु

Advertisement

बारा । बारामा मोटरसाइकल दुर्घटना हुदाँ कलैयाका दुई युवकको मृत्यु भएको छ । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित दुधौरा पुलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुरका २३ वर्षीय कुन्दन मेहता र कलैया उपमहानगरपालिका वडा नम्बर १२ शितलपुरका २२ वर्षीय अभिमनु कुशवाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । कुन्दन वडाध्यक्ष राजेश मेहताका छोरा हुन् ।

Advertisement

कलैयाबाट वीरगन्जतर्फ आँउदै गरेको मधेस प्रदेश ०३–०३० प ४३९८ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब १२ बजे पुलमा ठोक्किएर दुर्घटना भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Advertisement

न्यौपानेका अनुसार कुन्दनको एलएस न्युरो अस्पतालमा र अभिमनुको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *