वीरगञ्ज । भारतीय एसएसबीले मोस्ट वान्टेड ग्यांगस्टार शाकिर रेजा उर्फ आसिफ अलीलाई नेपाल–भारत मैत्रीपुलबाट पक्राउ गरेको छ ।
चेकजाँचको क्रममा भारतीय एसएसबीले ग्यांगस्टार अलीलाई मैत्रीपुलमा चेकजाँच गर्ने क्रममा भाग्न खोज्दा पक्राउ गरेको इन्स्पेक्टर मनोजकुमार शर्माले बताए ।
भारत, बिहार कटिहारका ग्यांगस्टार आसिफ माथि २० वटा विभिन्न गम्भीर आपराधिक मुद्दा रहेको तथा नेपाल तथा भारतको जेलमा कैद भुक्तान गरिसकेको इन्स्पेक्टर शर्माले बताए ।
पक्राउ परेका अलीले दिएको बयान अनुसार नेपालमा उनको एकजना मनीषा गौतम नामक प्रेमिका छिन् । उनीसँगै विवाह गरेर नेपाली नागरिकता लिई घरजम गर्ने तयारी स्वरुप नेपाल आउने क्रममा उनलाई पक्राउ गरिएको शर्माले बताए ।
प्रहरीले उनको साथबाट १२ वटा संदिग्ध पहिचानपत्र, आठवटा सीम र तीनवटा मोबाइल बरामद गरेको छ ।






