Categories समाचार

हराइरहेकी एक ७ वर्षीया बालिकाको हत्या

Advertisement

बुटवल । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा ७ वर्षीया बालिकाको हत्या भएको छ । मर्चवारी गाउँपालिका–१ इस्लामपुरकी सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो ।

उनको शव मर्चवारी–१ इस्लामपुरमा शनिबार फेला परेको प्रहरीले जनाएको छ । कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार प्रारम्भिक अनुसन्धानबाट बालिकाको हत्या भएको खुलेको छ ।

Advertisement

हत्यामा संलग्नको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *