Categories समाचार

गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले जनही १० लाख रुपैयाँ राहत दिने

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत दिने भएको छ ।

त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Advertisement

यो निर्णय शनिबार बस्ने मन्त्रिपरिषद बैठकले गर्ने उनले बताए ।

Advertisement

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने मृतक परिवारलाई राहत दिने निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको बताएका थिए ।

पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो । अनलाइन खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *