Categories समाचार

वनभोजका लागि यात्रु बोकेको बस दुर्घटना, २० जना घाइते

Advertisement

काठमाडौं । बर्दियाबाट वनभोजका लागि दाङ आएका यात्रु बोकेको बस दुर्घटना भएको छ ।

भे१ख २०४१ नम्बरको बस अमेलिया-तुलसिपुर सडकखण्डको दमारगाउँमा बज बिहान ७ बजेतिर दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । एसपी रामबहादुर केसीका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।

Advertisement

घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका-३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आएका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *