Categories समाचार

पक्राउ परेकी संघीय मामिला मन्त्री अनिता देवी सुरु गरिन अनसन

Advertisement

वीरगन्ज । माइतीघरबाट पक्राउ परेकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले पुलिस क्लबमा अनसन सुरू गरेकी छन्।

मन्त्री देवी सोमबार बिहान धोती दिवस मनाउन माइतीघर मण्डलमा भेला हुने क्रममा पक्राउ परेकी थिइन्।

Advertisement

‘धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिइनुपर्ने, पक्राउ परेका नेता–कार्यकर्तालाई अविलम्ब रिहा गरिनुपर्ने माग राखेर उहाँले अनसन सुरू गर्नुभएको छ,’ प्रहरी नियन्त्रणमै रहेका जनमत पार्टीका सचिव बिपी साहले भने।

Advertisement

जनमत पार्टीले अंग्रेजी नयाँ वर्षका दिन धोती दिवस मनाइनुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन गरेको थियो।

धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिइनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका जनमत पार्टीका अध्यक्ष सीके राउत, मन्त्रीसमेत रहेकी केन्द्रीय सचिव अनीता देवी, बिपी साहलगायत ६३ जना नेता कार्यकर्तालाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको थियो।

उनीहरूलाई अहिले प्रदर्शनीस्थित पुलिस क्लब परिसरमा राखिएको छ। साभार : सेतोपाटी

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *