Categories समाचार

राष्ट्रिय धाेती दिवस मनाउने क्रममा पक्राउ परेका डा. राउतसहितका ५१ जना रिहा

Advertisement

वीरगन्ज । काठमाडौंमा साेमबार बिहान राष्ट्रिय धाेती दिवस मनाउने क्रममा पक्राउ परेका जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतसहितका सबै ५१ जना साेमबार दिउँसो रिहा भएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदर्शनीमार्गस्थित नगर प्रहरी कार्यालयमा पुगेर राउतसहितका प्रदर्शनकारीलाई भेटेका थिए । त्यसलगत्तै गृहमन्त्री श्रेष्ठले नियन्त्रणमा लिइएका सबैलाई रिहा गर्न निर्देशन दिएको प्रहरीका एक अधिकारीले बताए ।

Advertisement

अङ्ग्रेजी नयाँ वर्षकाे पहिलाे दिन जनवरी १ तारिखको अवसर पारेर साेमबार बिहान माइतीघरमा ‘धोती दिवस’ मनाउन भन्दै भेला भएका बेला प्रहरीले हस्तक्षेप गरेर अध्यक्ष राउत, सचिव विपी साह, प्रवक्ता शरद यादव लगायत ५१ जनालाई पक्राउ गरेकाे थियाे।

Advertisement

त्यसैकाे विराेधमा जनमत पार्टीका नेता कार्यकर्ताले वीरगन्जको प्रतिमा चाेकमा साेमबार दिउँसो प्रदर्शनपनि गरेका थिए ।उनिहरुले प्रहरी र सरकारकाे विरुद्धमा नाराबाजी सडकमा टायरपनि बालेका थिए।

साेमबार बिहान जनमत पार्टीका अध्यक्ष राउतसहित मधेसी समुदायका केही व्यक्तिहरु सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

सरकारले हाल नयाँ बानेश्वरदृखि माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *