Categories समाचार

घुससहित पक्राउ परेका वडाध्यक्ष र वडासचिवलाई कैद सजाय

Advertisement

वीरगञ्ज । घुससहित पक्राउ परेका नगराइन नगरपालिकाका वडाध्यक्ष र वडासचिवलाई कैद सजाय गरिएको छ ।

धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष वुलन यादव र सोही वडाका वडा सचिव अमृत नारायण मिश्रलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको छ । सडक निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि पूर्वाधार विकास कार्यालय, धनुषालाई सिफारिस गरी दिएवापत सेवाग्राहीसँग उनीहरुले ७० हजार रुपैयाँ घुस लिएका थिए ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत जेठमा उनीहरूलाई घुससहित रंगेहात पक्राउ गरेको थियो । विशेष अदालतले दुवैलाई दोषी ठहर गरेको छ । ७० हजार घुसको मुद्दामा चार देखि ६ महिनासम्म कैद सजाय हुने कानुनी प्रावधान छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *