Categories रासस

बालविवाह भएको जानकारी दिनेलाई २५ हजार नगद पुरस्कार

Advertisement

खलङ्गा । प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कारको व्यवस्था गरेको छ । गाउँपालिकाको आइतबार बसेको १४औँ गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई रु २५ हजार नगद पुरस्कार दिने निर्णय गरेको हो ।

अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि विशेष कार्यक्रमसहित अग्रसर रहने  कार्यक्रम तय गरिएको  जानकारी दिए । गाउँपालिकामा बालविवाह गर्नेको सङ्ख्या अत्यधिक देखिएपछि त्यसको रोकथामका लागि बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

Advertisement

“बालविवाह भएको, हुँदै गरेको वा हुन लागेको जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई २५ हजार पुरस्कार दिइने छ, “उनले भने, “यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ ।” बालविवाहसम्बन्धी सूचना दिनेको नाम गोप्य  राखिने अध्यक्ष शाहले बताए ।-रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *