वीरगन्ज । बारा प्रहरीले ९३ लाख मूल्य बराबरको भन्सार छलीका सामानसहित मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको छ ।
बारा प्रहरीले विशेष सूचनाको आधारमा आईतवार राती वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना.४ ख ८३५८ नं.को ट्रकलाई भन्सार छलीका समान सहित नियन्त्रणमा लिएको हो ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैया चौकमा चेकजाँच गर्ने क्रममा प्रहरीले विभिन्न खुद्रा सामानसहित उक्त ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उक्त ट्रकको बिल विजक शंकास्पद फेला परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रवक्ता न्यौपानेले बताए ।






