Categories समाचार

शंकास्पद बिल बिजक बोकेको तीनवटा ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

Advertisement

अमित अग्रवाल
वीरगञ्ज । बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा समानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो राति करिब ११:४० बजे बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कैलाली, सुनसरी तथा काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Advertisement

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५, ८ र १४ गण्डक, घण्टाघर र प्रतिमा चोकस्थित बाट ना.४ ख ८३१८, ना.३ ख ४१४१ र NL01 G 1886 नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको पाइएको थियो ।

Advertisement

विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मुल्य रु. १,८९,९७,२८७।- (एक करोड उनान्वे लाख सन्तान्वे हजार दुई सय सतासी) बराबरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिइएको पर्सा जनाएको छ ।

थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *